Sunday, May 19, 2013

साताको पहिलो दिनमै सुनले लियो व्यापारीको सातो

  जेठ, काठमाडौ । साताको पहिलो दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा ६५० ले घटेको छ ।

गत शुक्रबार सुन प्रतितोला रु ४९ हजार ७५० मूल्यमा कारोबार भएको सुन आज साताको पहिलो दिन ६ सय ५० ले घटेर ४९ हजार १०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु ४८ हजार ८५० मा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ४९ हजार ५०० मा कारोबार भएको थियो ।
असली चाँदीको मूल्यमा पनि प्रतितोला ५ ले कमी आई प्रतितोला ८ सय ५० कायम भएको छ ।
अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था बलियो भएकाले सोही बजारमा सुनको मूल्यमा कमी आएको र त्यसको प्रभावले नेपालमा पनि शुक्रबारको तुलनामा सुनको मूल्यमा कमी आएको हो ।

No comments:

Post a Comment