बिजनेस

३३ कम्पनीको सेयर मूल्य घट्यो

युनिलिभरको मूल्य ३०० ले बढ्यो

५ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार ३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ८३ वटा कम्पनीको कारोबार भएकोमा ३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी कम्पनीको मूल्य यथावत रहेको छ । आइतबार ७ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य एकै दिनमा ३०० रुपैयाँले बढेर प्रतिकित्ता १ हजार १ सय रुपैयाँ पुगेको छ । यो कम्पनीको २ सय ९० कित्ता कारोबार भएको थियो । नागरिक लगानी कोष, नेपाल बंगलादेश बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, शिखर इन्स्योरेन्स कम्पनीलयातको सेयर मूल्य बढेको छ भने नबिल बैंक, प्राइम कमर्सियल बैंक, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, कृषि विकास बैंकलगायतको सेयर मूल्य घटेको छ ।

No comments:

Post a Comment