सूचना प्रबिधि

नेपालमा कार्यरत विदेशी इन्जिनियर अवैध भएको एनईएको दाबी

५ जेठ, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसन (एनईए)ले विदेशी इन्जिनियरले पनि नेपाल इन्जिनियरिङ परिषदमा दर्ता गरेर मात्र व्यावसायिक काम गर्न पाउने व्यवस्था कडाइका साथ लागू माग गरेको छ । अहिले बहुराष्ट्रिय कम्पनीले मनोमानी रुपमा आफ्ना कम्पनीमा इन्जिनियर भन्दै गैह्र इन्जिनियरलाई काम दिइरहेको तर नेपाली इन्जिनियरलाई काम नदिएको एशोसिएसनले आरोप लगाएको छ ।1
विदेशी इन्जिनियर परिषदमा दर्ता नभई कार्यरत रहेको हुनाले गैरकानूनी भएको एशोसिएसनकी महासचिव अनुराधा अधिकारीले बताउनुभयो । एशोसिएसनको १३ औं राष्ट्रिय सम्मेलनद्वारा पारित प्रस्तावहरु सार्वजनिक गर्ने क्रममा अध्यक्ष महेन्द्रबहादुर गुरुङले स्टाफ कलेजको स्थापना गर्न आगामी बजेटमा रकम विनियोजन गर्ने सरकारबाट आश्वासन पाएको उल्लेख गर्दै सो नभए आन्दोलन गर्न बाध्य हुने बताउनुभयो ।
राष्ट्रिय सम्मेलनले दक्षिण एशियाली क्षेत्रमा नेपाल जलवायु परिवर्तनको अत्यन्तै जोखिम क्षेत्रमा परेको हुनाले विपत र प्रकोपबाट सुरक्षित हुन बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानसँग साझा मञ्च बनाई सहकार्य गर्न आग्रह गरेको छ । एनईएले मुलुकको विकासको लागि २६ बुँदे माग प्रस्तुग गरेको छ । इन्जनियरहरुको दक्षता अभिवृद्धि गर्नेदेखि मुलुकको ऊर्जा संकट समाधानको लागि आगामी १० वर्षे ऊर्जा विकास दशक घोषणा गर्नेसम्मका माग गरिएको छ ।

No comments:

Post a Comment