बाबुरामकी छोरीले पड्काइन देशको प्रमुख शैक्षिक केन्द्र टियु
५ जेठ,
काठमाडौ । एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी तथा निवर्तमान
स्ववियु सचिव मानुषी आगामी जेठ २३ मा हुने स्ववियुको चुनावमा त्रिभुवन
विश्वविद्यालय कीर्तिपुर क्याम्पसमा अखिल क्रान्तिकारीका तर्फबाट सभापतिको
उमेद्वार बनेकी छिन् ।
अखिल
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्माद्वारा आज जारि गरिएको प्रेस
विज्ञप्तिमा क्रान्तिकारीका तर्फबाट मानुषी सभापतिको उम्मेदवार भएको उल्लेख
गरिएको छ । क्रान्तिकारीले आज देशभरिका १ सय ५ वटा क्याम्पसमा सभापतिहरूको
उम्मेदवारिको घोषणा गरेको छ ।
अखिल क्रान्तिकारीले आज राजधानीमा पत्रकार सम्मेलन गरी सभापतिहरूको नाम सार्वजनिक गरेको हो ।
पत्रकार
सम्मेलनमा उपत्यकाका क्याम्पसहरूमा सभापतिका लागी उम्मेदवार बनेकाहरूको
नाम समेत सार्वजनिक गरिएको थियो । जसअनुसार त्रिचन्द्र क्याम्पसमा
टेकेन्द्र जोशी, अमृत साइन्समा नन्दकिशोर पुनका छोरा दीपेश पुन, थापाथलीमा
चक्र भट्ट, रत्नराज्यमा सुरेन्द्र बस्नेत, ताहचल क्याम्पसमा धु्रवविक्रम
वली, पब्लिक युथमा गोविन्द कँडेल, पशुपति क्याम्पसमा इन्द्र भुसाल, मीनभवन
क्याम्पसमा पवन कार्की, सानो ठिमी क्याम्पसमा गणेश बूढाथोकी सभापतिको
उम्मेदवार बनेका छन् ।
यस्तै,
सरस्वती क्याम्पसमा प्रेम श्रेष्ठ, बाल्मिकीमा सन्तोष आचार्य, पद्मकन्यामा
अनिता सापकोटा र शंकरदेवमा राजेश्वरी सुवेदीलाई सभापतिमा उठाइने भएको छ ।
No comments:
Post a Comment