Sunday, May 19, 2013

मलेसियामा लुटियो दुई नेपालीको सर्वस्व

५ जेठ, मलेसिया । मलेसियामा कामका लागी पुगेका दुई नेपाली कामदार लुटिएका छन् । सेलेङ्गोर राज्यको बेरनाङस्थित स्वीट ड्रिम कम्पनीमा काम गर्दै आएका धनुषाका रामनरेश शर्मा र पर्साका तेजबहादुर बम्जन लुटिएका हुन् ।
उनीहरू आईतबार बिहान ९ बजे सार्वजनिक बिदाका दिन पारेर खाद्य तथा तरकारी किन्नकालागि निजी कार चढेर बजार जानेक्रममा कारका चालकले शर्मा र बम्जनलाई लुटेका थिए । निजी कारका चालकले एकान्त जङ्गलको बीचमा रहेको एउटा घरमा पुर्याएको र ६ जना लुटेराहरूले साथमा रहेको नगद, एटिएम कार्ड तथा दुई थान नोकिया मोवाइल सेट लुटेको बम्जनले जानकारी दिएका छन् ।

No comments:

Post a Comment