Sunday, May 26, 2013

प्यूठान, वैशाख २९ - एक वृद्धाले १ सय १० वर्षको उमेरमा नागरिकता बनाएकी छन् । रजबार ३ की हिमकुमारी मल्लले जिल्ला प्रशासनको घुम्ती टोली सँग नागरिकता बनाएकी हुन् ।
हिमकुमारीलाई शुक्रबार खरा प्राथमिक स्वास्थ्यचौकीमा घुम्ती टोलीले नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र अर्यालले बताए । उनलाई नागरिकता बनाइदिन कान्छो छोरा लालबहादुरले बोकेर ल्याएको स्थानीय तिलक
हमालले बताए । हमालका अनुसार, शरीर कुप्रो परेकाले राम्रोसँग हिँडडुल गर्न नसके पनि उनी स्वस्थ छिन् । श्रीमान्को पहिल्यै मृत्यु भएको र छोरो भारत बस्दै आएकाले सनाखत बस्ने आफन्त नभएकाले उनको नागरिकता बनेको थिएन । पाँच जनाको वडा मुचुुल्का र छोरो सनाखत बसेर नागरिकता जारी गरिएको प्रशासनले जनायो । नागरिकता नभएकाले उनी वृद्ध भत्ताबाट समेत वञ्चित थिइन् ।
Posted

No comments:

Post a Comment