Sunday, May 26, 2013

प्युठान-परिचय

संक्षिप्त परिचय

१ भौगोलिक अवस्थिति
हाल मध्य पश्चिमान्चल विकास क्षेत्रको राप्ती अंचलमा पर्ने प्युठान जिल्ला नेपाल राज्यको एकिकरण पुर्व गण्डकी क्षेत्रमा विस्तारित चौविसि राज्यहरु मध्ये एउटा शक्तिशाली राज्य थियो । ८२०.३० देखि ८०० पुर्वी देशान्तर र २७०.५५देखि २८०.२५उत्तरी अक्षांशको वीचमा फैलिएको यस जिल्ला उत्तर दक्षिण लम्विदै र पुर्व पश्चिम सांगुरो वन्दै गएको देखिन्छ । यस जिल्लाको सिमानामा पुर्वमा गुल्मी, पश्चिममा दाङ्ग र रोल्पा, उत्तरमा रोल्पा र वाग्लुङ्ग तथा दक्षिणमा दाङ्ग र अर्घाखांची जिल्लाहरु पर्दछन् । समुद्री सतहावाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित यस जिल्लाको क्षेत्रफल १३६५ वर्ग किलोमिटर छ।
.२ ऐतिहासिक पृष्ठभूमि
प्यूठान शव्दको उत्पति वारे मतैक्यता पाईदैन । कर्कपेट्रीकले प्रार्थाना(पूरथाना)बाट अपभ्रंश हुदै प्यूठान भएको , हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथाना वाट प्युठान नाम रहन गएको र योगि नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन । अर्थात - प्रतिष्ठाना-प्यूठाना-पिउठाना हुंदै प्यूठान नाम रहन रहन गएको हो । पथ्वीनारायण शाहले समय-समयमा लेखेको पत्रहरुमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाईन्छ । सुरक्षा संवन्धि शव्द- पिउठ बस्ने ठाना भएकोले पिउठाना बाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क आम रुपमा वलियो रहेको छ ( गिरीः २०६२) ।
प्यूठाना राज्यको स्थापनाकाल निश्चित रुपमा थाहा पाउने साधन र सोतको अभाव छ । विसं १५१५ वा १५६० तिर चन्द वंशी राजाहरुले स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भएता पनि किटानी गर्न सकिने अवस्था छैन । प्यूठान राज्यको राजधानी भित्रीकोटमा रहेको र मोदिनर्वर्मनले वि.सं. १५१५ मा आफ्ना कान्छा जुवाई चन्द वंशका लटराज चन्द लाई राजा बनाएका प्रमाण भेटन सकिन्छ । प्यूठान भित्र थुप्रै रजौटाहरु रहेको कुरा पृथ्वीनारायण शाहले काजि कालुपाण्डेलाई लेखेको पत्रमा प्यूठाना पर्वत भित्र कति राजा छन..... भनीनुले पनि पर्दछ । रोल्पाका ध्वज बहादुर चन संग रहेको वंशावली अनुसार प्यूठानका राजाहरुको नामावली निम्नानुसार छ ।
. लटराज ८. शंसाही राज
. भुवराज ९. पृथ्वीपति राज
. नरहरीराज १०. उदतराज
. नरिन्द्र राज ११. मोति चन्द राज
. गजिन्द्र राज १२. मानिक चन्द राज
. सुतान राज १३. दिप प्रताप चन्द राज
. दलपति राज १४. रुद्र प्रताप चन्द राज
एउटा राजाले २५ वर्षसम्म शासन गर्छन भन्ने इतिकासकारको मान्यतालाई आधार मान्दा यि चन्द राजाहरुले ३५० वर्षजति राज्य गरेको पाईन्छ । वि.सं. १८४३ मा श्रीनाथ सवुज वरख, श्री जङ रण भिम नयागोरख, श्री मेहर भवनी बक्स, दुर्गा बक्स, रामदलपति कंपनि र नेपालबाट पर्वत हान्न गएका काजि दामोदर पाण्डे, काजि जगजित पाण्डे, सुवेदार बदलसिंह थापा नयाँ श्रीनाथ समेत भएर धुर्कोट बाटो गरी प्यूठान हान्न आउँदा विना लर्डाई जित पश्चात नेपाल राज्य भित्र एकिकरण भएको थियो ।प्यूठान जिल्लाको नामाकरण र्सवप्रथम मगर जातिबाट गरिएको कुरा यहाँका स्थानहरुको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ मर्कावाङ, तोरवाङ, खवाङ, स्याउलीवाङ आदि प्राचिन कालमा लिच्छवीकालहरुको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरुको अधिनमा १४ औं शताव्दी सम्म रहयो । पाल्पाली राजा मुकुन्द सेनका समकालिन प्यूठानी राजा रुद्रसिंह पछि मोति चन्द्र (प्रथम) यहाँका राजा भए । यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन (प्रथम) का नाति कर्णसेनसंग भएको बताइन्छ । मोति चन्द्र पश्चात रुद्रचन्द्र गजेन्द्र चन्द्र गजकेशरी चन्द भएको बुझिन्छ । वि.स. १७६० तिर पृथवीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२ मा राजा माणिक चन्दको ताम्रपत्र देखा पर्दछ । वि.स.१८३५ मा मोतिचन्द्र (द्धितीय) प्यूठानका राजा थिए । खुंग्री, भिंगृ, इश्मा र मुसिकोट, प्यूठानका अनुयायी भएको कुरा ध्यामिल्टनले उल्लेख गरेको पाइन्छ । मोतीचन्द्र प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकीकरण अभियानमा यहाँका राजा भागेबाट स्पष्ट हुन्छ । प्यूठानको एकिकरण गरिसकेपछि खुंग्री र उदयपुरका शासकहरु नेपाल नरेशको छत्र छाँयामा रजौटाको रुपमा रहे । खुंग्री र उदयपुरका राजालाई राज्य रजौटा ऐन २०१७ ले आजीवन राजाको प्रदान गरेकोमा हाल उक्त ऐन खारेज गरेपछि रजौटाको अस्तित्व कानुनी रुपमा समाप्त भएको छ ।
२०१९ पू
र्व प्यूठान भित्रीकोट, नारीकोट, उदयपुरकोट, माडीखोला, कालाशेष र वाइस्खुवागरी ६ थुममा विभाजित भएकोमा २०१९ मा कालाशेष र वाईसखुवा रोल्पा गाभिए । २०१५ सालमा महानिर्वाचन हुँदा प्यूठानमा निर्वाचन क्षेत्र नं.८३, ८४ र ८५ पर्दथ्यो ।२०१७ साल पौष २२ मा पंचायती व्यवस्थाको सुत्रपात पछि २०१९ साल पछि प्यूठान एक निर्वाचित क्षेत्र ९ इलाका, गा.प. ४९ केन्द्र रहेको थियो । जनआन्दोलन पश्चात २०४८ सालमा प्रशासनिक रुपमा यस जिल्लालाई २ संसदिय निर्वाचन क्षेत्र ११ इलाका ४९ गा.वि.स. मा विभाजन गरिएको छ । यस जिल्लाको सदरमुकाम खलंगा हो ।
.३ प्राकृतिक वनावट
धरातलीय हिसावले प्युठान राज्यलाई निम्न लिखित क्षेत्रमा वांड्न सकिन्छ ।
­) लेकाली भाग
) पहाडी भाग
) वेसी भाग
) लेकाली भाग
यस भागमा स्याउलीवाङ्ग, कोठीलेक,, तीनपुरे धुरी, र्स्वर्गद्धारी लेक, पुंजाको लेक, पन्चासेको लेक जस्ता लेकहरु पर्दछन। यो भाग सामान्यतया २१३४ मीटर भन्दा अग्लो, हिउदमा निकै जाडो हुने हिंउ पर्ने तथा ग्रेनाईट ढुङ्गा, दर्शन ढुङ्गा आदि प्रशश्त पाईने गर्दछ । वसोवास कम भएता पनि यस क्षेत्रमा अधिकांश मगर वस्ती छन । अन्न उत्पादन पनि कम हुने यस क्षेत्रमा पशुपालनमा भेंडा वाख्रा चौंरी आदि पाल्ने गरिन्छ । अन्नमा आलु, मकै, फापर, कोदो, मात्र उत्पादन हुने यस क्षेत्रमा सल्लो गुरास, धुपी, खर्सु वांझ आदि विरुवा पाईन्छन ।
) पहाडी भाग
९१५ मीटर उचाई देखि २१३४ मीटर सम्मको भाग यसमा पर्दछ । घनावस्ती भएको यस भागमा मकै, गह
, धान, कोदो, आलु उत्पादन गरिन्छ । तुषारा, नारीकोट, लिवाङ्ग, खवाङ्ग, धुवाङ्ग, कोचिवाङ्ग आदि यस क्षत्रमा पर्दछन । यस भेगको जंगलमा कटुस चांप, ओखर चिउरी, पिपल टिमुर , चिलाउने, साल आदिका रुख पाईन्छन । सवै किसिमका जात जातिका वसोवास यस क्षेत्रमा पाईन्छ ।
) वेंसी भाग
सामान्यतया ९१५ मीटर भन्दा होचो धर्मावती (झिम्रुक), माण्डवी , राप्ती र यिनका सहायक नदीका आसपासका समतल भुभागहरु यस अर्न्तर्गत पर्दछन । यस क्षेत्रमा गर्मीमा वढी गर्मी र हिंउदमा न्यानो हावापानी कायम हुन्छ । जनघनत्व तथा उत्पादनको हिसावले महत्वपर्ण यो भागमा वाग्दुला, पुण्डेखोला, विजुवार, क्वाडी, रातामाटा, खैरा, माडीखोला, झिम्रुकखोला, गुरीगांउ, चिसवाङ्ग, पिडाल्ने, पाडावाङ्ग, देवीस्थान, वाङ्गेसाल, आदि घनावस्ती भएका गांउहरु पर्दछन ।
.४ हावापानी
उत्तरीभाग हिमालको नजिक र उचाइ पनि धेरै भएको कारण ज्यादा जाडो हुने र दक्षिणी भाग भित्रीमधेश सँग जोडिएको र वेशी भाग भएकोले चैत्र देखि जेठसम्म गर्मी हुन्छ । यहाँ लेकाली, समशितोष्ण र अर्ध-उष्ण हावापानी पाइन्छ । वाषिर्क रुपमा १४.८ देखि २४.१ ड्रिग्री सेल्सीयस तापक्रम पाइन्छ भने अधिराज्यको दक्षिण पववाट वहने दक्षिण-पश्चिमी मनसुनी वायुको प्रभावले यस जिल्लामा जेठ देखि असोज सम्म धेरै वर्ष हुन्छ। यहाँ वाषिर्क वर्ष सरदर १३०० मीलीमीटर भएको पाइन्छ ।
.५ धर्म एवं संस्कृति
यस जिल्लामा सवै धर्म मान्ने मानिसहरु भएता पनि हिन्दु धर्म यहांको प्रमुख धर्म हो । वहुसंख्यक मानिसहरु (९६ ) ले हिन्दु धर्म मान्ने हुनाले अन्य संस्कार तथा परम्पराहरु पनि हिन्दु धर्म अनुसारनै भए गरेका पाईन्छन् । २०५८ सालको जनगणना अनुसार यस जिल्लामा विभिन्न धर्म मान्ने मानिसहरु निम्न वमोजिम रहेका छन ।
धर्म अनुसार जनसंख्या विवरण
सि.नं
धर्म
जनसंख्या
प्रतिशत
कैफियत
1
हिन्दु
२०५४८९
९६‍‍‌=०७

 
2
बौद्ध
६२९६
=९६

 
3
इस्लाम
६४५
=३१

 
4
जैन

 
5
क्रिश्चियन
२६
=०१

 
6
शिख

 
7
अन्य
२७
=०१

 
जम्मा
212484
१००

 
जातीय परम्परा अनुसार बिभिन्न जातिमा असारे गीत, तीजका महिलाका ह्रदयस्पर्सका भैलो, झ्याउरे (झाम्रे) र दोहोरी गितको प्रचलन छ । बैशाखी पूर्णमा, आषाढ पन्ध्रमा दहीच्यूरा खाने, बैशाख सक्रान्ति, जेठासी पूर्णिमामा, भाद्रऔसी, साउने संक्रान्ति, नागपन्चमी, ऋषि तर्पणी पूर्णिमा बडादशै, सरायँ, तिहार, देवाली, कुलपुजा, कार्तिक पूर्णिमा, माघे संक्रान्ति, फागु पूर्णिमा (होली) रामनवमी, ठूलो एकादशी आदि हिन्दू चार्डपर्व प्राय सवैले मनाउछन् । रजवारा मेला, बडारपाटा, खैरा फुलवारीको बृहत मेला, गुरुङको घाटुनाच आदि अत्यन्त रमाइलो साथ मनाउने गर्दछन् । यसको अलवा प्यूठानमा भाईटिकाको भोलीपल्ट तृतीया देखी पञ्चमी तिथी सम्म ३ दिन डल्ले सरायँ (विजुवारनेर) र दाखाक्वाडी हिक्मतेश्वर बगैचाको मेला पनि प्रख्यात छन्। यिनमा लट्टीखेल र तलवारखेल आदिहुन्छन । विजुलीकोटको जात्रा, सारीवाङको मसानपाटीमा हुने कार्तिके जात्रा र मरन्ठाना ठूलासिमको मेला आदि उल्लेखनीय मेला हुन् । खलंगामा घण्टाकर्ण ऋषितर्पणी पूर्णिमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जात्रा, गणेशजात्रा, र खरजात्रा (माघे पूर्णिमाको दिन) लाग्दछ । यी जात्राहरु सदरमुकाममा मनाउने हुंदा प्यूठानका अतिरिक्त छिमेकि जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाँचमा पुरुसुङ्गे नाच, मारुनी नाँच, माडीखोले नाँच र अन्य लोकनृत्य निकै रमाइला छन् । यसरी विभिन्न जातजातीबाट बसोबास भएको प्यूठान जिल्ला लोक सांस्कृतिको अपार भण्डार रहेको छ ।नेवारका अलगै चाड पनि छन् । मुसलमानका पनि इस्लाम धर्म अनुसारका चार्डपर्वर् इद, वकरीद, रमजान आदि मनाईन्छ ।
नाँचमा पुरुसुङ्गे नाच, मारुनी नाँच, माडिखोला नाँच, सोरठी नाच र अन्य विविध प्रकारका जातीय एवं लोक नृत्य निकै रमाइला छन् । यसरी विभिन्न जातजातिबाट बसोवास भएको प्यूठान उपर्युक्त लोक संस्कृतिको जगर्नामा सजग छ । यसकै कारण एक अर्कामा सुमधुर एवं भाईचाराको सम्वन्ध पाईन्छ

 
प्युठान जिल्लाको तथ्याङ्किय जानकारी
जिल्लाको भौगोलिक अवस्था
देशान्तर
८२ ३०"-८३" पुर्व
अक्षास
२७.५५"- २८.२५" उत्तर
समुन्द्रसतहदेखि उचाइ
३०५- ३६५९ मी.
जिल्लाकोक्षेत्रफल
१३६५बर्ग कि.मि
सदरमुकामकोउचाइ
१२८०मीटर
हावापानी
उष्ण, समशितोष्ण र शित
औषतवार्षिक र्वषा
१३००मी.मी
तापक्रम
१४- २४डि.से.ग्रे
महेन्द्रराजमार्गदेखि सदरमुकामसम्मको दुरी
६८कि.मी
जिल्लाको सिमाना
पूर्व
गुल्मीर अर्घाखाँची
पश्चिम
दाङर रोल्पा
उत्तर
वाग्लुङर रोल्पा
दक्ष्क्षिण
अर्घाखाँचीर दाङ
राजनैतिक एव प्रशासनिक विभाजन
विकासक्षेत्र मध्य पश्चिमाञ्चल

 
अञ्चल
राप्ती
जिल्ला
प्यूठान
सदरमुकाम
खलगा
निर्वाचनक्षेत्र
इलाकासख्या
११
गा.वि.. सँख्या
४९
नमुनागाविस

 

 

 
जिल्लाको जनसख्या विवरण
महिला
११४०८४
पुरूष
९८३९९०
जम्मा
२१२४८४
परिवारसख्या
४०२६३
औषतपरिवारसख्या
.८२
जनघनत्व
१६०प्रतिवगर्ग कि.मी.
जनसख्यावृद्धि दर
.१२ प्रतिशत
जातीय आधारमा जनसख्याविवरण
जाती
जनसख्या
प्रतिशतं
ब्राहमणक्षेत्री
८८४७४२
३९.८८%
जनजाती
७१०९
३६.२९%
दलित
४२०५८
१९.७८%
अन्य
५७५
.०४%
जम्मा
२१२४८४
१००%
६ भू उपयोगको अवस्था
कुलक्षेत्रफल
१३२८९०हेक्टर
खेतियोग्यक्षेत्रफल
४२७६६हेक्टर
कुलखेति गरिएको क्षेत्र
२२१००हेक्टर
खेतिअयोग्य क्षेत्रफल
१४८९०हेक्टर
चरनप्रति ऐलानी
१२८९९हेक्टर
वनक्षेत्र
७२६८९हेक्टर
अन्य
७२६९४हेक्टर
शैक्षक अवस्था
कुलसाक्षरता
४६.५८प्रतिशत
पुरूष
६२.२८प्रतिशत
महिला
३३.८४प्रतिशत
स्वास्थ्य सेवा

 
जिल्लाअस्पत्ताल
प्राथामिकस्वास्थ्यकेन्द्र
स्वास्थ्यचौकी
११
उपस्वास्थ्य चौकी
३५
आर्यूवेदऔषधालय
चिकित्सकसख्या
९ वन सम्वन्धी
इलाकावन कार्यालय
रेन्जपोष्ट
वनक्षेत्र
७२६९०हे.
सामुदायीकवन सख्या
३१३
सामुदायीकवन क्षेत्रफल
३५६१२.२०हे.
लाभान्वितपरिवार सख्या
३८५०
कवुलियतीवन सख्या
५३
घरधुरी
१७८
कवुलियतीवन क्षेत्रफल
११५९हे.
निजीवनक्षेत्र
.१३हे.
१० कृषि तथा पशु विकास सवन्धी
कृषिसेवा केन्द्र
पशुसेवा केन्द्र
पशुसेवा उपकेन्द्र
११. जिल्लाको खाद्यान्नविवरण

 
खेतियोग्यजमिनको क्षेत्रफल
४२७६६हे.
खेतिगरिएको क्षेत्रफल
२२१००हे.
सिचितक्षेत्रफल
३५००हे.
खुदखाद्यान्न उत्पादन
४५५२०मे. टन
उपभोगखाधन्न उत्पादन
२७८६५मे. टन

प्यूठान, वैशाख २९ - एक वृद्धाले १ सय १० वर्षको उमेरमा नागरिकता बनाएकी छन् । रजबार ३ की हिमकुमारी मल्लले जिल्ला प्रशासनको घुम्ती टोली सँग नागरिकता बनाएकी हुन् ।
हिमकुमारीलाई शुक्रबार खरा प्राथमिक स्वास्थ्यचौकीमा घुम्ती टोलीले नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र अर्यालले बताए । उनलाई नागरिकता बनाइदिन कान्छो छोरा लालबहादुरले बोकेर ल्याएको स्थानीय तिलक
हमालले बताए । हमालका अनुसार, शरीर कुप्रो परेकाले राम्रोसँग हिँडडुल गर्न नसके पनि उनी स्वस्थ छिन् । श्रीमान्को पहिल्यै मृत्यु भएको र छोरो भारत बस्दै आएकाले सनाखत बस्ने आफन्त नभएकाले उनको नागरिकता बनेको थिएन । पाँच जनाको वडा मुचुुल्का र छोरो सनाखत बसेर नागरिकता जारी गरिएको प्रशासनले जनायो । नागरिकता नभएकाले उनी वृद्ध भत्ताबाट समेत वञ्चित थिइन् ।
Posted

Travel Pyuthan

Pyuthan (One of the awesome place having so many real natural beauties, best for visitor, naturalistic for visiting, trekking, enjoying & know about natural things.)
             
             Pyuthan is a hill district having natural beauties about some 250 km west of Kathmandu. It is at Rapti Zone of Nepal's Mid-Western Region. Pyuthan covers an area of 1,309 km². Pyuthan Khalanga is the district's administrative center.

CONTENTS

  • Geography
  • Castes and Occupations
  • Climate
  • Infrastructure
  • V.D.C.s (and other towns in parentheses)
  • Historic and Cultural Sites References  

Geography 
Pyuthan borders Dang Deukhuri District to the south-west along the crest of the Mahabharat Range and extends about 50 km north-east through the Middle Hills to a 3,000+ meter ridge that is both Pyuthan's border with Baglung district of Dhaulagiri Zone and the main watershed between the (west) Rapti and Gandaki River basins. Pyuthan borders Rolpa district to the west. Of the two upper tributaries of the West Rapti River, Pyuthan contains all of Jhimruk Khola and the lower part of Madi Khola after it exits Rolpa. The Madi-Jhimruk confluence is in southern Pyuthan, in the Mahabharat Range. On the southeast Pyuthan borders Lumbini Zone including Arghakhanchi and Gulmi districts. The valley of Jhimruk Khola is the core of Pyuthan district. Its alluvial plain is intensively planted in rice during the summer monsoon. Wheat is grown as the winter crop. Madi Khola has eroded an inner gorge and is less suited to traditional irrigated agriculture.

Castes and Occupations

Bahun and Chhetri farmers cultivate irrigated fields along the Jhimruk and unirrigated fields partway up the hillsides. They are served by Newar merchants and service castes such as Damai (tailor/musician), Gaine (minstrel), Kami (blacksmith), Kumal (potter), Sarki (tanner/leatherworker) and Sunar (goldsmith). Highlands around the valley are mostly inhabited by Magars, including Kham Magars at higher elevations. The district center Pyuthan Khalanga is situated on a hillside east of the Jhimruk, some 500 meters above it.

Climate

The valleys have a subtropical climate with temperatures reaching 40 celsius in May and falling to single digits in winter. There is a little too much winter chill for bananas and papayas. At about 800m elevation, the Jhimruk Valley approaches the upper limit for mangoes, however Madi Khola is lower. Citrus, asian pear and mulberries are grown as cash crops in surrounding hills. Maize is grown on sloping un-irrigated bari fields up to about 2,000m. Snow occasionally falls on adjacent peaks reaching 2,400m but seldom lasts more than a day or two.

Infrastructure

At Cherneta the Jhimruk hydroelectric project exploits the Jhimruk bending within 2 km of Madi Khola while some 200 meters higher. It has a capacity of 12 megawatts and supplies electricity for lighting, electronics and machinery. Electricity is considered too costly for cooking and heating, so firewood is still in widespread use with limited use of bio-gas.
Jhimruk valley with Madi Khola valley beyond and Mahabharat Lekh on horizon.
Scheduled buses serve Pyuthan via a spur road off the main east-west Mahendra Highway at Bhalubang in Lalmitiya VDC, Deukhuri Valley. An old trade route was upgraded for motor vehicles in conjunction with the Jhimruk hydro project and is now (2010) being paved. A longer road from Tribhuvannagar (Ghorahi) in Dang Valley traverses the Mahabharat Range to Tiram, then descends toward Madi Khola to join the Bhalubang road at Devisthan. The Madi is then followed 1 km. upstream to Chakchake where a left fork continues further upstream into Rolpa district while the main road climbs to cross a low pass at Cherneta and descend into the valley of Jhimruk Khola. At Bijuwar Bazaar about 10 km. beyond Chakchake this road forks again with a branch continuing north along the Jhimruk while the main road crosses the Jhimruk and climbs to Khalanga the district's administrative center.

 V.D.C.s (and other towns)

Arkha, (Bagdula), Bandikot, Bangemarkot, Bangesal, Baraula, Barjibang, Belbas, Bhingri, Bijaya Nagar, Bijuli, Bijuwar, Chunja, Dakha Kwadi, Damri, Dangbang, Dharampani, Dharmawati, Dhobaghat, Dhubang, Dhungegadhi, Gothibang, Hansapur, Jumrikanda, Khabang, Khaira, Khalanga, Khung, Kochibang, (Kwadi), Libang, Ligha, Lung, Majhakot, Maranthana, Markabang, Narikot, Naya Gaun, Okharkot, Pakala, Phopli, Puja Rajbara, Ramdi, Raspurkot, (Ratamata), (Sapdanda), Sari, Swargadwarikhal, Syaulibang, (Tikuri), Tiram, Torbang, Tusara, (Udayapurkot).

Historic and Cultural Sites

Airabati, Asurkot, Bandhikot, Bhagawati Temple, Bhawaniswari Temple, Bhimsensthan, Bhimsen Temple (Kutichaur), Bhimsen Temple (Megazun), Bhimsen Temple (Bijuwar Bazar), Bhitrikot Cave, Bhitrikot Durbar, Bhringri Kot, Bhumesthan (Khaira), Bijulikot, Birdisthan, Chhetrapal Temple, Devi Bhagawati, Devi Bhagawati Temple, Devi Temple, Dhunge Gadhi, Dubanasthan, Ganesh Temple, Ganeshsthan, Gaumukhi, Gorakhnath Temple (Khaira), Gorakhnath Temple (Dakha Kwadi), Gorakhnath Temple (Bijuwar Bazar), Jalpadevi Temple,(Bijuwar Bazar – Bhagwati), Jalpadevi Temple (Bijuwar Bazar), Jhankristhan (Khaira), Kalidevi Temple, Kali Temple, Kalika Malika, Khadga Devata Temple, Khalanga Shivalaya, Khungrikot, Laxmi Narayan Temple,    Masta Mandau, Mehelnath Temple, Okharkot, Phalaharisthan, Pyuthan Magazine, Radha Krishna Temple, Rameswar Temple, Rani Pauwa, Saraswati Temple, Sarikot, Shiva Temple (Khaira),Shiva Temple (Lung), Shiva Temple (Bangeshal), Shiva Temple (Khalanga), Shivalaya, Siddha Devatasthan (Belbas), Siddha Sansarsthan (Dakha Kwadi), Sworgadwari = a hilltop temple complex and pilgrimage site celebrating the importance of cows in Hinduism is located in the southern part of Pyuthan. Tatopani Shivalaya, Tripurasundari, Tusharakot.